काठमाडौं– सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको शुभारम्भ गरेको छ ।
ताम्राकार कम्पेल्क्सको तेश्रो तलामा स्थान्तरीत यस नया सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लावाट संचालित थियो । सेन्टरको शुभारम्भ मा सामसङ नेपालका उपाध्यक्ष वाईवीवान र आईएमएसका प्रेशिडेन्ट दिपक मल्होत्रा, आईएम हेड प्रनय रत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आईएमएस केयरका सर्भिस मेनेजर कुणाल गुरुङ्ग लगायतको उपस्थित रहेको थियो ।
विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस् सेन्टर काठमाडौंको ताम्राकार कम्पेल्क्स मा स्थानान्तरीत गरेको जनाएको छ । उक्त सेन्टरमा सर्भिस सेन्टरमा ५ बाट १० काउन्टर सम्म वृद्घी गरिएको छ ।
यसका साथ साथै तेश्रो र चौथो तल्लामा भि आई पि कस्टमर (फ्लेगसिप फोन) को लागि छुटै काउन्टरको व्यवस्था गरिएको छ । यस अघि कम्पनीले काठमाडौं उपत्यका भित्र (सुन्धारा, कमलादी, बालाजु) ललितपुरको जावलाखेल, भक्तपुरको सुर्यविनायक तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल, विर्तामोड, हेटौडा, धनगढी, जनकपुर, दाङ्ग र दमौलीमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।
सर्भिस प्रमुख राजन भट्टराईले ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्