काठमाडौ – लघु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिद्धार्थ बैंक र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ बिच शुक्रबार राजधानीमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता गर्ने क्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शम्भुनाथ गौतम र सक्षम टोलीका प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो । सो कार्यक्रमलाई नेपाल सरकार र संयुक्त अधिराज्य बिचको सम्झौतको एक हिस्साको रुपमा लिन सकिन्छ । नेपालमा स्थानिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा डिएफआईडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको पाईन्छ ।
वि.सं. २०५९ मा स्थापित बैकले ग्राहलाई बैकिङ् सेवा प्रदान गर्दै आएको छ । बैकले हाल १ सय १९ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरिरहेको छ । यस्तै, १ सय ७ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । मुलक भरी बैकका १ सय ५६ शाखा, सय शाखा रहित बैकिङ् सेवा १७२ एटिएम तथा १४ सय ५० भन्दाबढी बिक्री बिन्दु रहेका छन् । ‘सम्बन्ध सधैं भरीलाई’ भन्ने बैकको मूल नारा रहेको पाईन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्