×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धापासीमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १६० पुग्यो

PRIME CA

धापासीमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १६० पुग्यो

१५ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

धापासी
काठमाडौं – सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा यही बुधबारदेखि काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
हालै सञ्चालनमा आएको शाखा सहित यस बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: