×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँको सम्जुरमा सनराइज बैंकको ३७औँ शाखा रहित बैंकिङ्ग सेवा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तनहुँको सम्जुरमा सनराइज बैंकको ३७औँ शाखा रहित बैंकिङ्ग सेवा विस्तार

Artha Sarokar

२२ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ

काठमाडौं – तनहुँ जिल्लाको सम्जुरमा सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको छ । आफ्नो ३७ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँको भानु नगरपालिका वडा नं १३, सम्जुरमा शुरू गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बानियाले गरेका हुन् ।
सो अवसरमा सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के.सी साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन अध्यक्ष रामबहादुर बानिया र सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के.सीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छ ।
हालसम्म बैंकको १ सय १२ वटा शाखा रहेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी