काठमाडौँ – सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य ओमकृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थिति थियो ।
यसैबीच, बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्षश्री चक्रबहादुर देउवाले उद्घाटन गरे । हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्