काठमाडौं – नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो ।
आनन्दनगर धुम्बाराहि बैजनी पुलदेखि पहेँलो पुलसम्मको धोवीखोला करिडोरका दुवै तर्फ सो विरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएका विरुवा करबीरका हुन् । धेरै अग्लो नहुने करबीर जातका विरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुल फुल्ने जातको विरुवा हो । टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पूग्ने कम्पनीले विश्वास लिएको छ ।
उक्त वृक्षा रोपण कार्यक्रममा प्रदेश सांसदहरु ज्युहरु नारायन सिलवाल, सीता अधिकारी तथा बैद्ययज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो ।सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्