काठमाडौं – युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयरमा मंगलबार मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजनपछि सेयर कारोबार २९९ रुपैयाँ १२ पैसालाई आधार मानेर खुलेको छ । कम्पनीले २४०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरीसकेको छ । अब यसले छिट्टै १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ ।
हकप्रद प्रयोजनका लागि युनाइटेडले मंगलबार (साउन १४ गते) बुक क्लोज गरेको हो । सोमबार (साउन १३ गते) सम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्