×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने (भिडियो रिपोर्ट)

PRIME CA

सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने (भिडियो रिपोर्ट)

२७ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तिय संघीयता व्यवस्थापनका लागि करिव १० अर्व अनुदान सहायता उपलब्ध गराउने भएको छ । राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तिय संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन १० अर्व अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको सो समझदारी पत्रमा सार्वजनिक क्षेत्रको वित्तिय संघीयताको व्यवस्थापनका लागि सो अनुदान सहायता खर्च गरिने उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै राजस्व सचिव घिमिरेले विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तिय संघीयता कार्यान्वयनका लागि सो सहायता उपलब्ध गराएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
विश्व बैंकले यस अघि पनि नेपालको वित्तिय संघीयताको संरचना निर्माणका लागि करिव २० अर्व अनुदान सहायता उपलब्ध गराएको थियो । हेर्नुहोस् भिडियो: 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: