
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनु भएको छ । अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने पनि स्पष्ट पार्नुभयो । आईतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि दोहो¥याउनुभयो । ‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस्’, अर्थमन्त्री खतिवडाको भनाई थियो, ‘ र स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस् ।’
अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्