काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टी सुबिधा प्रदान गर्ने भएको छ ।
मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ फागुन १९ गते गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकले एक करोड पचास लाख रुपैयाँको बैंक ग्यारेण्टी पाँच बर्षको लागि जारी गर्ने जनाएको छ । नगद मार्जिन २० लाख र कमिशन ४ लाख रुपैयाँको सुविधा प्रदान गरिने छ ।
साथै, बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि दिइरहेको जनाइएको छ ।
उक्त सुबिधा दिने निर्णयपछि वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्