×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल लघुवित्तको खुद नाफा ४५.३०% ले वृद्धि हुँदा रिजर्भ कोष पनि मजबुत ? (विवरणसहित)

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५–७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४५.३०% वृद्धि गरेर १ करोड ६३ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले १ करोड १२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ३९.३१% ले र सञ्चालन नाफा १४.८३% ले बढाउ सफल भएको छ । संस्थाले खुद ब्याज आम्दानी ६ करोड ४६ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । साथै, सञ्चालन नाफा १ करोड ७२ लाख १८ हजार रुपैयाँबाट बढेर १ करोड ९७ लाख ७२ हजार रुय[रुपैयाँ पुर्याएको छ। संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका कारणले गर्दा खुद नाफा पनि बढेको देखिन्छ। 
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप २७ करोड १० लाख ९८ हजार रुपैयाँ संकलन गरी कर्जा १ अर्व २ करोड १५ लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ । संस्थाको रिजर्भ कोष पनि मजबुत  भएको छ। रिजर्भ कोष २७२.४८% लर वृद्धि गरी २ करोड १२ लाख ५८ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ ।        
यता, संस्थाको खराव भने ०.५६%ले बढेर १.३४% पुगेको छ भने कस्ट अफ फन्डमा १०.९३% रहेको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसाले बढेर १४ रुपैयाँ ३६ पैसा पुगे संस्थाको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६३ पैसा रहेको वित्तीय विवरणमा उल्लेख  छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: