×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Artha Sarokar

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ । उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ ।
उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले यो सम्झौतालाई नमूना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामीण क्षेत्रमा बिस्तार गर्दै लैजाने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी