×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन जिल्ला कार्यक्षेत्रको कर्पोरेट डेभलपमेन्ट बैंक खुद नाफामा छलाङ, अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षक सुधार !

PRIME CA
GLOBAL IME BANK

तीन जिल्ला कार्यक्षेत्रको कर्पोरेट डेभलपमेन्ट बैंक खुद नाफामा छलाङ, अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षक सुधार !

१७ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तीन जिल्ला कार्यक्षेत्र भएको कर्पोरेट डेभलपमेन्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले खुद नाफामा छलाङ मारेसंगै अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षण सुधार गरेको सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ७ करोड ३६ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्षको असार मसान्तमा बैंकले १ करोड ८८ लाख ९४ रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्षको चौथो त्रैमासमा ६३.५० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात २९.६६ प्रतिशतमा झरेको विवरणमा उल्लेख छ । बैंकको चुक्ता पूँजी ३७ करोड ५ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोष २ करोड ७७ लाख रुपैयाँले अझै नोक्सानीमा रहेको छ ।
बैंकले असार मसान्तसम्ममा १८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ४ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: