काठमाडौं – देवः विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत खजुरा शाखा कार्यालयको आयोजनामा बाँके जिल्लाको खजुरा गाउँपालिका, धिया स्थित श्री पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीहरुलाई सुरक्षितसाथ शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ ।
स्थानीय वडाका जनप्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिज्यू, अविभावक, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेश राज जोशीले व्याग वितरण गर्नु भएको थियो ।
बैंकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा यस किसिमका कार्यहरुमा बैंकको निरन्तर सहयोग रहिरहने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्