
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा पुग्दा ३ अर्ब ४ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जज गरेको विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५८ करोड १६ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
१ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ ऋण लगानी गरेको विवरणमा उल्लेख छ । बैंकको १४.२ प्रतिशतको पूँजीकोष अनुपात घटेर १३.७५ प्रतिशतमा झरेको छ। यस्तै बैंकले ८.४५ प्रतिशतको आधार दरलाई घटाएर ८.१२ प्रतिशतमा ल्याएको छ।
बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको वितरण योग्य नाफाबाट आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता रहेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४.२९ प्रतिशतको स्प्रेडमा काम गरेको छ। साथै बैंकले ५ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेको छ । प्रतिशेयर आम्दानी करिब ६ रुपैयाँ बढेर ३७ रुपैयाँ ५७ पैसा पुगेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्