Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैंकको ‘सिएसआर’: बाल कल्यायण आधारभुत विद्यालयका विधार्थीहरुलाई झोला वितरण

अर्थ सरोकार

काठमाडौँ – गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा झोला वितरण गरेको हो ।
बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा मनपा वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापक लगायतले संयुक्तरुपमा वितरण गरेका हुन् । उक्त कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK