काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा छुट्टाछुट्टै स्थानमा तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६, नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नंं. १, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिदैं आएको छ ।
यसरी, उक्त बैंकले रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा दिनुका साथैे मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्