
काठमाडौं – प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले प्राङगारिक कृषि उपजको उत्पादन तथा विक्रि वितरण शुरु गरेको छ । बैंकिङ्ग, जलविद्युत लगायतका आधा दर्जनभन्दा धेरै व्यवसायमा लगानी गरीरहेको समूहले आईतबार पत्रकार सम्मेलन गरी माटो नामक ब्राण्ड सार्वजनिक गरेको हो । ब्राण्डबाट देश भित्र उत्पादत विषादिमुक्त कृषिजन्य उत्पादनहरुको विक्रि वितरण गर्ने तथा कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सृजना गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल झापामा रहेको २ सय बिगाहा जमीनमा बिषादी र रसायन प्रयोग नगरी कृषि उपजहरुको उत्पादन गरीरहेको छ । साथै देशभरिबाट नै विषादिमुक्त उत्पादनहरु संकलन गरी रहेको छ । कम्पनीले बिभिन्न जिल्लाका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुबाट संकलन गरी विषादिमुक्त कृषिजन्य उत्पादनहरुलाई माटो ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा ल्याइएको जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्