काठमाडौँ – वाग्लुङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहने गरी २०७० सालमा स्थापना भएकोे ग्रीन डेभलपमेन्ट बैंक सातौं वर्षमा प्रवेश गरेको छ । बैंकले सातौं वार्षिकोत्सवको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी वाग्लुङ्ग जिल्लामा निर्माणाधीन रहेको रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिर कुडुले, वाग्लुङ्गलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।
कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी स्थानीय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए ।
बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथि तथा उक्त मन्दिरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्य, वैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठ लगायतले बोलेका थिए ।
वैंकले हाल कास्की, बाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ९ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोबाईल वैंकिङ्ग, निःशुल्क एटीएम सेवा, आईपीएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्