काठमाडौँ – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ ।
बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो ।
सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्