काठमाडौं – हिमालयन बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो ऋणपत्रमा सोमबार कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले साउन २ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख कित्ता ऋणपत्र खुला गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १२ लाख कित्ता र सामूहिक लगानी कोषलाई ५% छुट्याइएको छ भने सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्दैछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ। यसमा लक्ष्मी क्यापिटल मार्केट, हिमालयन बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्