Skip to content
LAXMI SUNRISE BANK

किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार

काठमाडौँ – किताब यात्रा प्रा.लि. र केसिएल अस्ट्युट क्यापिटल लि. का बिच आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटल लि.ले किताब यात्रा प्रालि.का ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्क (Annual Management Fee on Portfolio Management Services) मा ३३% छुट प्रदान गर्ने छ भने किताब यात्रा प्रा लि ले केसिएल अस्ट्युट क्यापिटल लि का ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५% छुट प्रदान गर्नेछ । 
उक्त समारोहमा किताब यात्रा प्रा लि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ऋषि राम अधिकारी र वित्त तथा कानून सल्लाहकार सन्तोस ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटल लि.का तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरेका थिए।
अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्ने सकिने प्ल्याटफर्म निमार्ण गरेकाे हो । अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ। 
केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन Portfolio Management Services प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूजी बजारबारे जानकारी नभएका साथै नेपालको पूजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK