काठमाडौँ – माछापुच्छ्रे बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ । बैंकले ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र जारी गरेको हो । उक्त ऋणपत्रमा ३ अर्ब ५ करोड बढीको आवेदन परेको हो ।
अहिले अधिकांश बैंकहरुले ऋणपत्र निष्काशन गरेका छन् तर सो बैंकका ऋणपत्र बिक्री हुन सकेका छैनन् । माछाले पछिल्लो समय सबै वित्तीय सूचकहरुमा तीव्र सुधार र लोभलाग्दो प्रगति गरेका कारणले बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको जानकारहरुले बताएका छन् ।
बैंकले कुन ऋणपत्रमध्ये १८ लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि छुट्याएको थियो । यस्तै सर्वसाधारणका लागि जारी गरेको १२ लाख युनिटमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको थियो । ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्