Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पाँच हजार थान डायरी हस्तान्तरण

अर्थ सरोकार

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन् ।
शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो । मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK