Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास र सेयर कर्जा सुबिधा

अर्थ सरोकार

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने मूल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ । 
बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्ने छ ।
आवास कर्जा आकर्षक ब्याज दरमा २० बर्षको लागि लिन सकिने बैंकले जानएको छ । २ वर्षसम्म ब्याजदर परिवर्तन नहुने, निःशुल्क दुर्घटना बीमा, समयमै किस्ता बुझाउँदै जाँदा सेवा शुल्क फिर्ता हुँदै जाने र प्रि-पेमेन्ट शुल्क नलाग्ने यसका विशेषता हुन् ।
यसका साथै, बैंकले पुँजीबजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिने जनाएको छ ।
देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको जनाएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी ‘जीवन बरदान बचत खाता’ सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK