काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी, स्थित श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरेका हुन् ।
यस बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा एटिएम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
साथै, बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्