काठमाडौँ – नागबेली लघुवित्त वित्तीय संस्था लि. ले २६% बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६% बोनस दिने निर्णय गरेको हो । साथै, बैठकले बोनसमा लाग्ने कर तिर्न १.३६८% नगद पनि दिने भएको छ।
कम्पनीले आफ्नो सेयरधनीहरुलाई ४ करोड ३५ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर तिर्न २२ लाख ९४ हजार रुपैयाँ नगद वितरण गर्ने भएको छ । कम्पनीको हाल चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ रहेको छ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्