×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिकांश सूचकमा सुधार ल्याउँदै नेको इन्स्योरेन्सले कमायो ३४ करोड ३६ लाख ४६ हजार रुपैयाँ, रिजर्भ कोषमा कति ?

PRIME CA

अधिकांश सूचकमा सुधार ल्याउँदै नेको इन्स्योरेन्सले कमायो ३४ करोड ३६ लाख ४६ हजार रुपैयाँ, रिजर्भ कोषमा कति ?

२ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा १३.६२%ले वृद्धि गरेर ३४ करोड ३६ लाख ४६ हजार पुर्याएको छ । अघिल्लो वर्ष नेकोले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क पनि १६.२४% ले बढेको छ । अघिल्लो वर्ष ९८ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क भएको कम्पनीले यस वर्ष बढाएर १ अर्ब १४ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको खुद दाबी भुक्तानी ५५ करोड ४६ लाख रुपैयाँ गरेको छ भने कुल भुक्तानी हुन बाँकी ४० करोड ६६ लाख रुपैयाँ रहेको छ । 
यो चौथौ त्रैमाससम्ममा कम्पनीको बिमा कोषको आकार ३९.४७% ले बढेर ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोष पनि मजदुत भएको छ । रिजर्भ कोष ५०.०६%ले बढेर ४६ करोड ३७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ९० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: