×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहाबीच सरकारी कारोवार सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहाबीच सरकारी कारोवार सञ्चालन

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालय , सिन्धुपाल्चोक बिच सरकारी कारोबार सञ्चालन सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतामा बैकको बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोली सरकारी कारोबार अन्तर्गत सो कार्यालयको राजस्व संकलन गरी जम्मा गर्न सरकारी कारोबार संचालन गर्ने अनुमती प्रदान गर्ने निर्णय भएको बैकले जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी