काठमाडौं – नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा खुद नाफा १८ करोड ५ लाख ८० हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा ५१.९९% बढेको छ । अघिल्लो वर्षको कम्पनीको खुद नाफा ११ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, नेपाल इन्स्योरेन्सले बिमा कोषको आकार पनि १९ करोड ५२ लाख रुपैयाँबाट बढाएर २८ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ । साथै, कम्पनीले ५८ करोड १९ लाख २६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ३६ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ । पुनर्बिमा कमिसन आय पनि ११ करोड २८ लाख रुपैयाँबाट बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७२ पैसा (वार्षिक) रहको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्