
काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासमा ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले संचालनमा आएको छोटो अवधिमै यो नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकले २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
यता बैंकले ब्याज आम्दानी १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ भने २३ लाख ५१ हजार ब्याज खर्च रहेको सार्वजनिक वित्तिय विवरणमा उल्लेख छ ।
१२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७८ करोड ९८ लाख रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ११ पैसा र बैंकको कोषको लागत ९.३४ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
यस्तै बैंकको कर्मचारी खर्चसहित जम्मा सञ्चालन खर्च १७ करोड ३० लाख रुपैयाँ रहेको छ । सरकारको १० प्रतिशत लगानी र बाँकी ९० प्रतिशत निजी क्षेत्रको लगानी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्बको साधारण शेयर (आईपिओ) जारी गर्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्