काठमाडौँ – नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंक पनि जोडिएको छ ।
कृषि विकास बैंकले प्रणालीमा आवद्ध भई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा हालसम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्