Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशियाको नयाँ योजना, ‘विदेशबाट आएको पैसा प्राप्त गर्नेलाई रु.१०० को रिचार्ज’

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज गर्ने योजना ल्याएको छ ।
साथै विदेशबाट बैंकको खातामा रकम पठाउँदा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।
यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर २०१९ देखि ३१ अक्टोबर २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जनाएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK