काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । यही श्रावण १७ गते तिनकुने काठमाण्डौ स्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।
श्रावण १७ गते देखि कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ । २४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बिमा समितिका अध्यक्ष
चिरन्जिवी चापागाईले निर्जीबन बिमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए ।
व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसुचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको उनले बताए । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बिमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताए । बिगत वर्ष बिमाको पहुँच ६/७ प्रतिशत जनतामा रहेकोमा आ.व.२०७५÷०७६ मा १९ प्रतिशत जनतामा बिमाको पहुँच पुगेको बताउँदै मुलुकको कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदान २ प्रतिशत रहेको बताए ।
बिमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सिमा समाप्त भएकोले अव तोकिएको चुक्ता पुँजी पु¥याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सिमा थप नगर्ने तथा पूँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधि सकिएको बताउँदै बिमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृती बिकासको लागि सबै बिमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बिमा तालिम केन्द्र स्थापना गरिसकिएको बताए ।
सोहि कार्यक्रममा बोल्नु हुँदै कम्पनीका अध्यक्ष सुश्री कुसुम लामाले कम्पनी बिमा समितिको मार्गदर्शनमा अगाडी बढिरहेको बताउँदै कम्पनीले बिमाको बिकासको लागि नयाँ/नयाँ प्रोडक्टहरुको शुरुवात गर्नलागेको र सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको बताए । साथै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बिमासम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बिमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे ।
कम्पनीको बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवसाय बृद्धि गरेकोे बताए । उनले ग्राहकको सुविधाको क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बिमा लेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाईन सिस्टमको विकास गरेको बताए । साथै, आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए ।
हाल कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार पुगेको छ । साथै केन्द्रिय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्