Skip to content
LAXMI SUNRISE BANK

केन्द्रीय बैंकले दशैँमा १३ अर्ब बराबरको नयाँ र सुकिला दुवै नोट सटही गर्ने, कहिलेदेखि पाइन्छ साट्न ?

अर्थ सरोकार

काठमाडौँ । केन्द्रीय बैंकले दशैँका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला दुवै नोट सटही गर्ने तयारी गरेको छ । बैंकले १८ हजार पाँच सय रुपैयाँसम्मका खुल्ला नोट (पाँचदेखि एक सयसम्म) माग गर्नेलाई नयाँ नोट दिने भएको हो । र सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकको योजना छ । 
हरेक वर्षजस्तै फुलपातीको दुई साताअघिदेखि नै राष्ट्र बैंकले नोट सटही सुरु गर्दै आएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व,  ल्होसार फागुनन्द जयन्तीलगायतका चाडपर्वमा नयाँ नोटहरु दिंदै आएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK