×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा, कुन नोटको आयु कति ?

PRIME CA
GLOBAL IME BANK

देशभर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा, कुन नोटको आयु कति ?

२७ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । देशभर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा छन् । नेपाल राष्ट्र बैंकको पछिल्लोतथ्यांक अनुसार नेपालमा कागजी मुद्राको प्रचलन भएदेखि २०७६ असार मसान्तसम्म आइपुग्दा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँ भन्दा बढी परिणामको नोट बजारमा पठाइसकिएको छ । यता, गत असार मसान्तसम्ममा ३ अर्ब ८० करोड ९८ लाख रुपैयाँ भन्दा बढी रुपैयाँ बैंकिङ कार्यालयमा नोट जम्मा रहेको केन्द्रीय बैंकले जनाएको छ । 
मुलुकभर नेपाली नोटको सहज व्यवस्था गर्न कम्तीमा ३ वर्ष ३ महिनाका लागि पुग्ने गरी नोट स्टक राख्ने नीतिगत व्यवस्था राष्ट्र बैंकको रहेको छ । ५०० र १००० रुपैयाँ दरका नोटको आयु औसतमा ६ वर्ष हुने गरेको छ भने १०० रुपैयाँका नोटको आयु औसतमा ३ वर्ष र ५० रुपैयाँ भन्दा साना नोटको आयु २ वर्ष रहेको बताइएको  छ । 
यधपी नोटलाई जतानका साथ ‘युज’ गरेमा नोटको आयु औसत केहि बढ्न सक्ने समेत बताइएको छ । नेपालमा वि.सं २००२ असोजबाट कागजी नोटको प्रचलन सदरमुलुकी खानाबाट सुरु भएको मानिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: