
काठमाडौँ । सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढि ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकि दिएको हो । बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाहरुको पनि कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढि लिन नपाउने निर्णय गरिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले साउन १९ गते आईतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था पनि गरिएको स्पष्ट पार्नुभयो । सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।
सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने कार्यलाई पनि अघि बढाइएको जनाएको छ । विभागका रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रको सुशासनका लागि पनि कार्यविधि र निर्देशिका आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्