Skip to content
LAXMI SUNRISE BANK

समिट लघुवित्तको खुद नाफा ४९.१५% ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

अर्थ सरोकार

काठमाडौं – समिट लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाकोको खुद नाफा ४९.१५% ले वृद्धि गरी ५ करोड ९७ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीको खुद नाफा ४ करोड २९ हजार रुपैयाँ रहेको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ११ करोड ३५ लाख ६ हजार रुपैयाँबाट बढेर १५ करोड ७२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ९ करोड ३८ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ७४ करोड १८ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्व ५८ करोड ७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको जगेडा कोषमा १० करोड ५१ लाख ५२ हजार रुपैयाँ जम्मा भएको छ । 
यता, संस्थाको खराब कर्जा भने १.५८% बढेर २.२६% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५ रुपैयाँ ७ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK