Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सिएसआर’: विजयपुर आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग

अर्थ सरोकार

धरान
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं.  १ धरान, वडा नं. १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने छ । 
बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा रु.१,११,०००/- (अक्षरुपी एक लाख एघार हजार रुपैयाँ मात्र) रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK