Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।
सांग्रिला बैंकले सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्बाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
यसरी, भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकका ग्राहकहरुले स्टल न इ२० बाट पनि थप जानकारी पाउन सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK