×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिकांश सूचकहरुमा सुधार गर्दै सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड रुपैयाँ, १८% लाभांश दिनसक्ने क्षमता !

PRIME CA
GLOBAL IME BANK

अधिकांश सूचकहरुमा सुधार गर्दै सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड रुपैयाँ, १८% लाभांश दिनसक्ने क्षमता !

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिद्धार्थ बैंकले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा यो नाफा २१.२५ प्रतिशत धेरै हो । अघिल्लो र्षको सोहि अवधिमा बैंकले १ अर्ब ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको कर्मचारी र अन्य सञ्चालक खर्चहरु ५० प्रतिशतले वृद्धि भएतापनि खुद नाफामा २१.२५ प्रतिशत वृद्धि गर्न सफल भएको देखिएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६५ करोड २० लाख रहेको छ । ८ अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकले यस नाफाबाट शेयरधनीलाई साढे १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 
चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ खर्ब १४ अर्ब ५३ करोड निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ७६ करोड कर्जा लगानी गर्न सफल भएको छ ।  यस्तै बैंकले आधार ब्याजदर ११.१६ बाट १०.७५ प्रतिशतमा, कोषको लागत ७.६३ बाट ७.५४ प्रतिशतमा, र निष्कृय कर्जा अनुपात १.०९ बाट ०.७५ प्रतिशतमा झारेको विवरणमा उल्लेख छ। साथै बैंकले जगेडा कोषमा ४ अर्ब ४१ करोड रुपैँया पुर्याएको छ । यता बैंकको प्रतिसेयर आम्दानी १४ पैसाले बढेर २६ रुपैयाँ ५९ पैसा पुगेको छ  भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।
बैंकको सार्वजनिक वित्तीय विवरणमा व्यवसायको विस्तार २० प्रतिशत माथि भएको छ। जसबाट बैंकले ३६ प्रतिशतले ब्याज आम्दानी बढाउँदा नाफामा सहयोग पुगेको देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: