Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकको नयाँ शाखा मकवानपुरको पालुङ्ग बजारमा, उपप्रमुख खड्गबहादुर गोपालीद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको पालुङ्ग बजारमा शाखा स्थापना गरेको छ । पालुङ्ग शाखा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले उद्घाटन गरे ।
सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगति तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखे ।
बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, विकासचोक, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौँडा बजार लगायतका विभिन्न स्थानमा शाखा तथा सीमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।
२०६७ साल भदौ २२ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय स्थापना भएको बैंकले बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा र हाल पालुङ्ग गरी कुल १७ शाखा तथा सुकुटे तथा सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १९ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK