×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाटा मोटर्सका गाडी किन्दा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा

PRIME CA

टाटा मोटर्सका गाडी किन्दा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा

१२ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्ने भएको छ । ट्रेडिङ्गले सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सो सम्वन्धि सम्झौता गरेको छ ।
भेइकल लोनअन्तर्गत कमर्सियल गाडीहरू, सेमी–कमर्सियल गाडीहरू तथा प्यासेन्जर भेइकल (यात्रुवाहक गाडीहरू) खरिदका लागि दुईवटा बैँकहरूसँग सिप्रदीले भेइकल लोन (गाडी कर्जा) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौताअन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भएबमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ र यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भएबमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिएको छ ।
कमर्सियल गाडी र सेमी(कमर्सियल गाडीहरूको कर्जा पाँच वर्ष भित्र चुक्ता गर्नुपर्छ भने यात्रुवाहक गाडीहरूको कर्जा सात वर्ष भित्र तिरिसक्नुपर्छ । सिप्रदी कम्पनीजका उपाध्यक्ष श्री सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सानिमा बैँकसँग भने सिप्रदीले च्यासिसको मात्र फाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ । भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कुल मूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले गाडी कर्जा प्राप्त गर्न सक्नेछन् । 
कर्जा चुक्ता गर्नका लागि ग्राहकहरूले पाँच वर्षको समयावधि पाउनेछन् । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सानिमा विकास बैंकका रिटेल लेन्डिङ विभागका प्रमुख हेमराज संजेलले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सिप्रदीका अनुसार ग्राहकहरूको पहिलो रोजाई बन्ने कम्पनीको उद्देश्यअनुरूप उक्त सम्झौता गरिएको हो । टाटाका गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूलाई सम्झौताहरूले आर्थिक रूपमा सहज बनाइदिने सिप्रदीको विश्वास छ । अब टाटाका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि सहज पैसा तिर्ने प्रणाली र प्रकिया छिटो अघि बढ्नेछ भने कागजात गर्न झञ्झट हुनेछैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: