काठमाडौं – नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” प्रारम्भ गरेको छ ।
यो एक यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् । जो कोहीले पनि टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सक्नेछन् ।
यस योजनामा सहभागी बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट https://tvsnepal.com/dashain मा लग अन गर्नु पर्नेछ र त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ ।
यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै ५ हजार देखि १ लाखसम्म नगद राशि जित्न सक्नेछ । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ ।
यतिमै यो पूरा हुने छैन । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ ।
जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरीद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टम मा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्भित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, त्यो पनि जित्न सक्नेछ ।
हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरणगरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गरिनेछ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले उपभोक्ताहरुको जीवनमा केही मूल्य थप्ने समय आउने र सधैं केही नयाँ नवीनतम विचारका साथ प्रस्तुत हुने बताए ।
उनले भने, ‘हामीे यो योजना लिएर यसकारण उपस्थित भएका छौं कि हामी सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी खुशी थप्न ग्राहकहरुलाई एकपटक होइन धेरै पटक जितको अवसर प्रदान गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि यसप्रकारका योजनाहरुबाट हाम्रा उपभोक्ताहरु लाभान्वीत हुनु हुने नै छ, जुन हामीले नियमित रुपमा प्रस्तुत गर्दै आएका छौं ।’
जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्