
काठमाडौं – युनिलिभर नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कम्पनीको यो नाफा ६.७४% ले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ रहेको खुद नाफा आर्जन गरेको थियो ।
हाल यस कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख छ भने जगेडा कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा १ अर्ब ८१ करोड १४ लाख जम्मा गरेको थियो ।
यता कम्पनीको प्रतिसेयर आम्दानी १५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ४५९ रुपैयाँले बढेर २ हजार ५२६ रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ थियो भने प्रतिसेयर नेटवर्थ २ हजार ६७ रुपैयाँ थियो ।
यस्तै कम्पनीले अन्य स्रोतहरुबाट ५१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ भने कम्पनीसेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । यस कम्पनीको ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्