काठमाडौं – कृषि विकास बैंकको बैंकिङ कार्यालय, सातदोबाटोले ललितपुर महानगरपालिका वातावरण सुधार समिति वडा नं. १५ मा वृक्षरोपण गरेको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वृक्षरोपण लगायत कार्यका लागि १ लाख २० हजारको चेक समितिका संयोजक महेन्द्र मानन्धरलाई हस्तान्तरण गरे ।
कार्यक्रमका अध्यक्ष तथा ललितपुर उपमहानगरपालिका वडा १५ का वडा अध्यक्ष सुदर्शन मिश्र र पूर्व सभासद् जनक चालिसेले वातावरण संरक्षण तथा वृक्षरोपण कार्यक्रमलाई कृषि विकास बैंकले पु¥याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा प्रमुख अतिथि ३ नं प्रदेश सभासद राजकाजी महर्जनले वृक्षरोपण तथा वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम समुदायमा आवश्यक भएको बताए । यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन ल्याउने उनको भनाइ छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका विशेष अतिथि उपाध्यायले वातावरण संरक्षणको प्रमुख आधार नै वृक्षरोपण भएको बताए ।
सबैले घर, आँगन लगायत खाली जग्गामा वृक्षरोपण लगायत वातावरण सुधार कार्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्