
काठमाडौँ । नेपाली एटीएमबाट रकम चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शनिबार मध्यरातमा दरबारमार्गस्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले भर्खरै सार्वजनिक गरेको हो । नेप्स नेटवर्क अन्तरगतका एघार बैंक र सातवटा विकास बैंकहरुएटीएम अबरुद्ध भएका छन् । नेप्समा आबद्ध एटीएम नेटवर्कमा ठुलो समस्या आउने संकेत देखिएपछि नेटवर्क सेवा बन्द गरिएको छ। यी बैंकहरुमा अन्तरबैंक एटिएम सेवा बन्द भएको छ । अर्थात एउटा बैंकको एटिएमबाट अर्को बैंकको खातामा रहेको रकम झिक्न मिल्दैन ।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्