
सेन्चुरीले हाल २२ वटा बचत खाता सञ्चालन गर्दै आएको छ । बैंकले बचत खातामा सबैभन्दा धेरै ६.५० प्रतिशत र न्यूनतम १ प्रतिशत ब्याज दिनेछ।
सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकले भेहिकल लोनमा १७.२९ प्रतिशत ब्याज लिनेछ भने होम लोनमा १६.५४ प्रतिशत, शैक्षिक कर्जामा १४.७९ प्रतिशत, सेयर धितोकर्जामा १५.५४ प्रतिशत ब्याज लिनेछ । अहिले बैंकको बेसरेट ११.२९ प्रतिशत रहेको छ ।