Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको ८२औं शाखा बाँकेको कोहलपुरमा, संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीद्वारा उद्घाटन !

अर्थ सरोकार

कोहलपुर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरबाट संचालनमा ल्याएको छ । बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले शाखाको उक्त शाखाको उद्घाटन गरेका हुन् । 
कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK