
काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । जुन बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो ।
एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाईएको रकम सो अवधि पश्चात एक मुश्ठ प्राप्त गर्नेछन् । सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ ।
न्यूनतम मौज्दात १ हजारबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना हो भने १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउँछ ।ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाईनेछ । सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवष्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एक्मुष्ठ रकमको लाभ पाउन सक्नेछन् ।
आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०५ सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरीएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्